भक्तपुरमा झुण्डिएको अवस्थामा एक पुरुष फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

सिन्धुपाचोक सुनकोशी गाउँंपालिका–१ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् ।

ADVERTISEMENT

बिहान अबेरसम्म नउठेपछि पुगेको प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले  ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी मृत अवस्थामै भेटिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?