सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी तोकिएको हो ।

यसअघि गत बुधबार पीडितको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ । यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो ।

यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए । यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो ।

ADVERTISEMENT

उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो ।

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *