प्रिन्स र रशिलाले एसिया च्याम्पियनसिप खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ब्याडमिन्टनका उदीयमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । वैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्टमध्येको एक च्याम्पियनसिप सुपर सिरिज १००० नामकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरी तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराउनुभयो । उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्री अनुपरत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गर्नुभयो । बिदाइका क्रममा उपाध्यक्ष कोइरालाले नेपालका उच्च श्रेणीका व्यक्तिहरूले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

ADVERTISEMENT

बिदाइ कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छविलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्रबहादुर थिङको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *