अवैध सालको काठसहित दुई जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लमजुङ । प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ वर्षीय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् ।

प्रहरीले अवैध काठ ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरूलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो । प्रहरी चौकी सोतीपसल र कुन्छाबाट खटिएको संयुक्त टोलीले ग १ त ५८४७ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा अवैध काठ ओसारपसार गरेको फेला पारेको हो ।

ADVERTISEMENT

२ लाख ८० हजार रुपैयाँ बराबरको सालको चिरान काठ ५३ क्यूफिट फेलापारी बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताउनु भयो। उहाँका अनुसार पक्राउ परेको अवैध काठसहित दुवै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?