धामी मनाङमा अनुबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कैलालीका फरवार्ड मनोज धामी शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दीसँग अनुबन्धित हुनुभएको छ । मनाङले सेन्टर फरवार्ड धामीलाई ‘ए’ डिभिजन लिगका लागि अनुबन्ध गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार एफसी खुमलटारविरुद्धको खेलमा उहाँले डेब्युसमेत गर्नुभएको छ । उहाँ खेलको ८२औँ मिनेटमा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्नुभएको छ । मनाङमा उहाँले ११ नम्बरको जर्सी लगाउनुहुनेछ ।

ADVERTISEMENT

उहाँले कैलालीको मसुरिया फुटबल एकेडेमीबाट खेल्नुहुनेछ । धामीले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्न लाग्नुभएको हो । धामीले गत चैतमा आयोजना भएको गौरीगंगा गोल्डकप खेल्नुभएको छ । पछिल्ला लगातार चार खेलमा पराजय भोगेको मनाङ यस सिजनमा १५ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?