महारेजको हयाट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । रियाद महारेजको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

बेम्बली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सिटीले पेनाल्टीबाट खेलमा अग्रता लिन सुरु गरेको थियो ।

ADVERTISEMENT

खेलको ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका हुन । र, अन्तत पहिलो हाफ १–० को स्थीतिमा रहयो ।

उनै महारेजले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनेटमा नै अर्थात ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले अर्को गोल गरे ।

एउटै खेलमा लगातार तीन गोल गरेर महारेजले ह्याट्रिक मात्रै गरेनन, क्लबलाई ३–० ले बिजयी पनि गराउँदै फाइनलमा लगिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?