चेन्नईसँग हैदराबाद सात विकेटले पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

शुक्रबार राति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

ADVERTISEMENT

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

जितसँगै चेन्नईको ६ खेलमा ८ अंक भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अंक रहेको हैदराबाद नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *