सिक्किमका साहित्यकार सुब्बालाई तीन संस्थाद्वारा सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सिक्किममा रहेर नेपाली भाषा, साहित्य कला संस्कृतिमा समिर्पित टिबीचन्द्र सुब्बालाई काठमाडौंमा सम्मान गरिएको छ । उहाँलाई युथ क्रियशन नेपाल, तारकेश्वर कला प्रतिष्ठान र डीआर म्युजिक क्रियशनले सम्मान गरेका हुन् ।

काठमाडौंमा भएको एक विशेष समारोहमा डीआर म्युजिक क्रियशनका विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय, विशिष्ट कलाकार उत्तम केसी, मिलापका सम्पादक कृष्ण भुसाल, गायक एवं संगीतकार सागर अधिकारी ‘शरद’, युथ क्रियशनका अध्यक्ष रमेश थापा, निर्देशक माइकल चन्द, संगीतकार तथा समाजसेवी नवीन सुब्बालगायतले सिक्किमका स्रष्टा सुब्बालाई सम्मान अर्पण गर्नुभएको थियो ।

ADVERTISEMENT

नेपालमा आएर यसरी सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै उहाँले आफू जहिले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा लागिरहने बताउनुभयो ।

एक दर्जनभन्दा बढी विभिन्न विधाका कृति पठाकमाझ ल्याउनुभएका सुब्बा यतिबेला ‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ कृति ल्याउने तयारीमा हुनुहुन्छ । विगत १८ वर्षदेखि निरन्तर खोज र अनुसन्धान गरेर यो कृति पाठकमाझ ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?