‘स्रष्टा, चैत्र ३०’-२०७९ तीर्थ श्रेष्ठ र श्यामललाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । यस वर्षको ‘स्रष्टा, चैत्र ३०’ सम्मान तीर्थ श्रेष्ठ र श्यामललाई प्रदान गरिएको छ । सडक आन्दोलन र सिर्जनाका माध्यमबाट निर्वाह गरेको भूमिकाको कदरस्वरूप स्रष्टाद्वयलाई सम्मान गरिएको हो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले तीर्थ श्रेष्ठ र श्यामललाई पुरस्कार अर्पण गर्दै यस्ता समारोहको औचित्य र आवश्यकता सधैं नै रहने बताउनुभयो ।

समारोहका विशिष्ट अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले सम्मानित स्रष्टालाई बधाई तथा संस्थालाई शुभकामना दिँदै आफू ‘स्रष्टा–चैत्र ३०’ सँग मिलेर कार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव डा.तुलसी भट्टराईले लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक संस्कृति निर्माणमा स्रष्टाहरूले खेलेको भूमिकालाई अभिलेखीकरण गर्नु आवश्यक रहेको र यसको पहल ‘स्रष्टा-चैत्र ३०’ ले गर्नु राम्रो हुने बताउनुभयो ।

ADVERTISEMENT

सम्मानित स्रष्टा श्यामलमाथि साहित्यकार शार्दूल भट्टराईले र अर्का सम्मानित स्रष्टा तीर्थ श्रेष्ठको योगदानमाथि साहित्यकार भोजराज न्यौपानेले प्रकाश पार्नुभएको थियो । स्रष्टा मनोज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ नाटक निर्देशक तथा कलाकार सुनील पोखरेलले स्वागत मन्तव्य, सन्ध्या पहाडीले संस्थाको औचित्य प्रकाश, संस्थाका उपाध्यक्ष प्रकाश सिलवालले धन्यवाद ज्ञापन र स्रष्टा श्रीबाबु कार्की ‘उदास’ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

दोस्रो जनआन्दोलनमा २०६२ साल चैत्र ३० गते तत्कालीन निरंकुश सरकारले स्रष्टाहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा चरम दमन, हवाई फायर र लाठी चार्ज गरेको थियो । त्यस दिन स्रष्टाहरूलाई गिरफ्तार गरेर थुनिएको पनि थियो । त्यसै दिनको नाममा स्थापित स्रष्टा आन्दोलनमा समर्पित संस्थाको नाम हो ‘स्रष्टा-चैत्र ३०’ ।
यस संस्थाबाट यसभन्दा पहिले वैरागी काइँला, आनन्ददेव भट्ट, डा.तुलसी भट्टराई, निनु चापागाई, डा.बेञ्जु शर्मा, किरण मानन्धर, देशभक्त खनाल, मञ्जु काँचुली, पूर्ण विराम, डा.अमर गिरि, हरिगोविन्द लुइँटेल, बलदेव मजगैँया, किसानप्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय वजिमय, सुलोचना मानन्धर, मातृका पोखरेल, डा.दुबसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी र विवश पोखरेल सम्मानित भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?