क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

न्युयोर्क । उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ । १,००० एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन् ।

क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए । विश्वव्यापाी तापक्रममा बृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरु बताउँछन् ।

ADVERTISEMENT

खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज