दार्चुलामा किशोर किशोरी मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो ।

किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अडकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ। उहाँको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *