काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराउनुभयो । पहिलो चरणको प्रशिक्षण वैैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४२५ खेलाडी सहभागी हुने छन् । २९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ ।
प्रशिक्षण सुरु हुनुअघि वैैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य-सचिव घिसिङले जानकारी दिनुभयो । सदस्य-सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि दुई करोड बजेट प्राप्त भएको बताउँदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो । ‘तयारी प्रशिक्षणका लागि अहिले दुई करोड बजेट छ । यतिले पुग्दैन । नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘प्रशिक्षण करिब साढे पाँच महिना चल्छ । कुनैपनि हालतमा प्रशिक्षण रोकिदैन ।’
नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा