अख्तियारले थाल्यो रास्वपा सांसद ढाकाकुमारमाथि अनुसन्धान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

सार्वजनिक भएको अडिओको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको छ ।

ADVERTISEMENT

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ ।

यस्तै सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक पनि आज बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?