ओखलढुंगा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाल पक्राउ परेका हुन ।
पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts