ए डिभिजन लिगमा आज तीन खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ । आज दिउँसो २ बजे दशरथ रंगशालामा सुरु हुने खेलमा साविक विजेता मच्छिन्द्रले संकटासँगमा प्रतिस्पर्धा गर्नेछ ।

रेलिगेसन जोनभन्दा एक स्थानमाथि रहेको मच्छिन्द्रले जारी सिजनमा एकमात्र जित हात पारेको छ । भुटानी स्टार चेन्चो ग्यालेन्सेनलाई अनुबन्ध गरेसँगै यो टिमले लिगमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ । संकटा सातौँ स्थानमा छ ।

ADVERTISEMENT

अघिल्लो सिजनमा यी दुईबीच प्रतिस्पर्धा हुँदा मच्छिन्द्र ४-१ गोलले विजयी भएको थियो । त्यस्तै सोही समयमा अखिल नेपाल फुटबल संघ एन्फा कम्पलेक्स, सातदोबाटोमा हिमालयन शेर्पा र रेलिगेसन जोनमा रहेको न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै साढे पाँच बजे सातदोबाटो र साविक उपविजेता त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोले आज आर्मीलाई हराए शीर्ष स्थानमा उक्लनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *