मोटरसाइकल चोरी गर्ने दुई भारतीयसहित तीनजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर। मोरङमा मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन् ।

उनीहरूले चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरका थिए । चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका-४ का ६० वर्षीय बम बहादुर खवास हुन् ।

ADVERTISEMENT

प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?