बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा रियलले उत्कृष्ट पुनरागमन गर्दै ४-० गोलको जित हात पारेको हो ।

बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे । यस्तै रियलको जितमा भिनिसियस जुनियरले एक गोल गरे ।

ADVERTISEMENT

क्याम्प नाउमा भएको पहिलो लेगमा बार्साले १-० गोलको अग्रता लिएको थियो। तर घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो। योसँगै रियालले एल क्लासिकोमा हारको शृङ्खलामा पनि पूर्णविराम लगायो ।

पछिल्ला तीन एल क्लासिकोमा बार्सा विजयी भएको थियो । अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?