मकैबारीभित्र युवक मृत भेटिए

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । जिल्लाको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज बिहान एक युवक मकैबारीभित्र मृत फेला परेका छन् ।

स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन् । प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहहरनाथ योगी आफै घटनास्थलमा पुगेर फर्किएका छन् । मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

ADVERTISEMENT

सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयाे । “घटना शंकास्पद छ, एसपी साप आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ,” श्रेष्ठले भन्नुभयाे, “शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सुक्ष्म अनुसन्धानमा लागेका छौँ ।”

एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज