घरेलु मैदानमा लिभरपुल माथी म्यान्चेस्टरकाे फराकिलो जीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं  । म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुल बिरुद्ध ४-१ को एक पक्षीय जीत हासिल गरेको हो ।

घरेलु मैदानमा सिटी बिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो।  जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले  २७ औं मिनेटमा गोल गरेका थिए ।

ADVERTISEMENT

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्यो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३-१ ले अघि बढ्यो ।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्यो ।

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ । तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?