काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गर्नुभयो । पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी गराउनुभयो ।
दैनिक तीन सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०-१२ बजे, दोस्रो अपराहृन एक-तीन बजे र तेस्रो चार-सात बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगत प्रतिसिफ्ट दुई सय, व्यक्तिगत मासिक चार हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रतिमहिना पाँच हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ । प्रमुख कट्वालले गत सिजनमा करिब ५० हजारजना पौडी खेल्न आएको र करिब एक करोड आम्दानी भएको जानकारी गराउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts