काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो ।
नेपालभन्दा पछाडि नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्रतर्फ स्कटल्याण्ड १२औँ स्थानमा कायमै रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्याण्ड तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ ।
यस्तै, नेपाली खेलाडीहरूको वरीयता पनि सुध्रिएको छ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र ओपनर आसिफ शेखले ओडिआई वरीयता सुधार गर्नुभएको छ ।
आसिफ शेख ब्याटिङतर्फ नौ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिनुभएको छ । कप्तान रोहित पौडेल ५५औँ स्थानमा यथावत् रहनुभएको छ ।
यता, बलिङतर्फ सन्दीप लामिछानेले दुई स्थान सुधार गर्दै २१औँ स्थानमा उक्लिनुभएको छ । सन्दीपले भारतका जस्प्रित बुमराह (२६औँ), कुलदीप यादव (२३औँ), पाकिस्तानका शादब खान (३९औँ), युजभेन्द्र चहल (४०औँ) लाई पछि पार्नुभएको छ । त्यस्तै, बलिङतर्फ सोमपाल कामीले पनि तीन स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिनुभएको छ ।
दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गर्दै ६३औँ र करण केसीले तीन स्थान सुधार गर्दै ९५औँ स्थानमा हुनुहुन्छ । पछिल्लो समय आइसिसी विश्वकप लिग-२ मा सानदार प्रदर्शनपछि नेपाली खेलाडीहरूले वरीयतामा पनि सुधार गरेका हुन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा