बराबरीमा रोकियो एसी मिलान

Read Time = 2 mins

मिलान । एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा सालेरनिटानासँग १-१ गोलको बराबरी खेलेको हो । मिलानका ओलिभर जिरुडले गोल गर्दा सालेरनिटानाका बोउलाए डियाले एक गोल फर्काउनुभयो ।

पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिरुडको गोलबाट मिलानले अग्रता बनाएको थियो । ६१औँ मिनेटमा बोउला डियाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । तेस्रो स्थानको लाजियोको ४९ अंक छ । सालेरनिटाना २६ अंक जोडेर १६औँ स्थानमा छ ।

ADVERTISEMENT

यता, एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा जिरोनामाथि १-० को संघर्षपूर्ण जित निकालेको छ । बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयमा अल्भारो मोराटाले निर्णायक गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण ३ अंक दिलाउनुभयो । यस जितसँगै एट्लेटिको २५ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । पराजित जिरोना ३० अंक जोडेर १२औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *