काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । आइतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन् ।
पीएनजीविरुद्धको आजको खेल र शृङ्खलाकै अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।
विश्वकप लिग-२को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ।
नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts