काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय खेलमा घरेलु टोली नेपालले आज (सोमबार) पपुवा न्यु गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्याउन चाहन्छ।
यसअघि आइतबार यूएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराई ऐतिहासिक जित हासिल गर्दै ४ वर्षका लागि ओडीआई मान्यता जोगाएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ।
सिरिजका बाँकी दुई खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ। समूह चरणको पुछारमा रहेको पपुवा न्युगिनीले भने खेललाई प्ले अफ छनोट तयारीका लागि लिनेछ।
समूह चरणको पुछारमा रहेको पीएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ। नेपाललाई जिते पनि पीएनजीको अंक तालिकामा कुनै परिवर्तन हुनेछैन।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts