पपुवान्युगिनीको पहिलो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । ३३ खेल मध्येबाट १६औं हार भोगेको यूएईको लिग-२ मा रहेर सिधै विश्वकप छनोट हुने सम्भावना औपचारिक रूपमा सकिएको छ । अब युएईलाई विश्वकप छनोटका लागि छनोट प्लेअफ खेल्नुपर्नेछ । साथै युएईले एकदिवसीय मान्यता जोगाउन बाँकिरहेका सबै ३ खेल जित्नुपर्ने दबाब पनि भएको छ ।

पिएनजीले पूरै ५० ओभरमा नौ विकेट गुमाउँदै दिएको २४७ रनको लक्ष्य भेटाउने क्रममा युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएरमात्र १९० रन जोड्नसक्यो । युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सिपी रिजवानले समान १९-१९ रन बनाउनुभयो । यस्तै आसिफ खान र रोहन मुस्ताफाले समान ११-११ रन पारी खेल्नुभएको थियो । कसिलो बलिङ गरेको पिएनजीका लागि राइली हिकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई-दुई विकेट लिनुभयो । सिमो कमिया र नर्मन भानुवाले समान एक-एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४६ रनको योगफल तयार पारेको थियो । लिग तालिकाको पुछारमा रहेको पिएनजीका लागि सेसे बाउले १०६ बलमा १० चौकका मद्धतमा अविजित ८१ रनको पारी खेल्नुभएको थियो ।
यसैगरी हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्काको मद्धतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का मद्धतमा ५५ तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडेका थिए । २४६ रनको योगफल तयार पार्ने क्रममा दोस्रो विकेटका लागि सेसे बाउ र हिरीले ११२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गर्नुभएको थियो । युएईका लागि आयन अफ्जल खानले तीन विकेट हात पार्दा जुनैद सिद्धिकी र जाहुर खानले समान दुई-दुई तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान एक-एक विकेट निल्नुभयो ।

ADVERTISEMENT

यससँगै पिएनजीले युएईविरुद्ध जितको लयलाई शुक्रबार पनि निरन्तरता दिएको छ । हालैमात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईविरुद्ध दुवै खेलमा पपुवान्युनिगी पूर्णरूपमा हाबी भएको थियो भने नेपालसँगका दुवै खेल गुमाउन पुगेको थियो ।

यस्तै, नेपालमा जारी शृंखलामा भने पिएजनीले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । यसअघिको पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो । पिएनजी ३४ खेलमा ११ अंकका साथ सातौं स्थानमा छ । लिगमा आइतबार नेपाल र युएईबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?