आइसिसी विश्वकप लिग-२ : पपुपा गिन्ही टस जितेर बलिङमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

ADVERTISEMENT

नेपाली टोली

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी

बेञ्चमा 

सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *