श्रीलंकामा नेपाललाई दुई स्वर्ण र एक रजत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । श्रीलंकामा यही मार्च ४ देखि सञ्चालन भएको १०औँ आइएसकेडिजे कप कराँते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण र एक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगिताको ६० किलोमा बुद्धिमान माझी र ८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । माझीले भारतसँग २-१, बंगलादेशसँग ३-२ र फाइनलमा श्रीलंकासँग १-० अन्तरको जितसँगै स्वर्ण पदक जित्नुभएको थियो ।

त्यसैगरी बलामीले भारतसँग ३-२, बंगलादेशसँग २-० र फाइनलमा श्रीलंकासँग ३-२ अंकसँगै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले ६७ तौल समूहमा नेपाललाई रजत पदक दिलाउन सफल हुनुभयो । उहाँले सेमिफाइनलमा भारतलाई १-० अंकले पराजित गरी फाइनलमा स्थान बनाउनुभएको थियो । उहाँले फाइनलमा आयोजक श्रीलंकासँग रेफ्री सुपरलेटिभका आधारमा ३-२ अंकले पराजित हँुदै रजत पदकमा चित्त बुझाउनुभएको थियो ।

ADVERTISEMENT

चार देश सहभागी उक्त प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदकसँगै नेपाल समूहको तेस्रो बन्न सफल भयो । चार कराँते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराँते संघका सचिव÷प्रवक्ता गजेन्द्रबहादुर खपांगीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *