बद्रीको ‘पैसा सापटी’ लाई श्रोता/दर्शकको साथ

Read Time = 2 mins

काठमाडौं । ‘पैसा सापटी दिएपछि बोलचाल हरायो, पैसा सापटी दिएपछि साथी हरायो’ लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन् । आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उहाँले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलिज भएलगत्तै दर्शक श्रोताले मन पराएका छन् ।

आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिस कसरी आफैँ बर्बाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरूले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोही अनुसार फिल्मी शैलीमा तयार पारिएको छ । गीतमा खासगरी दुई मिल्ने दम्पतीबीच पैसा सापटीका कारण आएको दरारको कथा प्रस्तुत गरिएको छ भने सोही कारण जेलनेलको अवस्थासमेत सिर्जना भएको भिडियोमा देखाईको छ ।

ADVERTISEMENT

१७ मिनेट लामो भिडिया गायक पंगेनीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा रचना र संगीत पनि गायक पंगेनीकै छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि बद्रीले नै गर्नुभएको हो । गीतको भिडियोमा हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पुराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडले (बटुकजी), अनु रेग्मी, नन्दा बस्याल, भेष केसी, अनुप विष्ट, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारी, सेजनी शर्मा, अहान वशिष्टलगायतले अभिनय छ । छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?