संखुवासभा । खाँदबारी सेवा समाज काठमाडौंले कविको आँखामा खाँदबारी नामक कविता संग्रह विमोचन गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, कवि मुक्ति पोखरेल, नगर प्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवलगायतले ‘कविको आँखामा खाँदबारी’ नामक संग्रहको विमोचन गर्नुभएको हो । संग्रहमा संखुवासभाका एक सय बढी कविहरूले खाँदबारीका बारेमा वर्णन गरेका छन् ।
कार्यक्रम सुरुमा राष्ट्रिय गायनका साथै ताराबहादुर बुढाथोकीको शब्द रचनामा रहेको गीत ‘खाँदबारी यो पुर्खाको प्यारो निसानी हो, सुख शान्ति समृद्धिको नौलो बिहानी यो’ बोलको खाँदबारी नगरगान गाइएको थियो ।
जीवनाथ पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको औचित्यमाथि साहित्यकार तथा समाजका सदस्य एवं सम्पादक मन्डलको सदस्य ताराबहादुर बुढाथोकीले प्रकाश पार्नुभएको थियो टीकाराम श्रेष्ठ र हेमराज खड्काले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै पुस्तकमा समाविष्ट कृतिको कला र भाव पक्षको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुस्तकमा कविता लेख्ने कविहरूलाई कदरपत्र बितरण गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा कविता प्रतियोगि राखिएको थियो । कार्यक्रममा जिल्ला भित्र र बाहिरका १४ प्रतियोगीले भाग लिएका थिए । उक्त प्रतियोगितामा सारांश थपलिया प्रथम, केवल कार्की द्वितीय र सनम थापा तृतीय हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, सातहजार र पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts