डर्टमुण्ड जर्मन बुण्डेस लिगाको शीर्षस्थानमा

Read Time = 3 mins

म्युनिख । बोरुसिया डर्टमुण्ड जर्मन बुण्डेस लिगाको शीर्षस्थानमा उक्लिएको छ । आरबी लाइप्जिगलाई दुई-एकले पराजित गर्दै डर्टमुण्ड शीर्षस्थानमा उक्लिएको हो । डर्टमुण्डको जितमा कप्तान मार्काे रिउस र एम्री क्यानले एक-एक गोल गर्नुभयो । लाइप्जिगका इमिल फोर्सवर्गले एक गोल फर्काउनुभयो । खेलको २१औँ मिनेटमा कप्तान मार्काे रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमुण्डलाई एक-शून्यको अग्रता दिलाउनुभएको थियो । ३९औँ मिनेटमा एम्री क्यानले गोल गर्दै डर्टमुण्डको अग्रता दोब्बर पार्नुभयो ।

७४औँ मिनेटमा इमिल फोर्सवर्गले एक गोल फर्काउनुभयो । यस जितसँगै शीर्षस्थानमा उक्लिएको डर्टमुण्डको २३ खेलबाट ४९ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्नको ४६ अंक छ । पराजित लाइप्जिगले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४२ अंक जोडेर चौथो स्थानमा छ ।

यता, इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली लाजियोसँग एक-शून्यले पराजित भएको छ । योसँगै नेपोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । पछिल्लो १० खेलमा अपराजित नेपोली पराजित थियो । लाजियोका मेटिएस भेसिनोले ६७औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।

ADVERTISEMENT

सिरी ‘ए’ मा नेपोलीको यो दोस्रो हार हो । यसअघि नेपोलीले १५ जनवरी २०२३ मा इन्टर मिलानसँग एक–शून्यको हार बेहोरेको थियो । यो सिजन उच्च लयमा रहेको नेपोलीले २५ खेलमा २१ जित र समान २ बराबरी र हारको नतिजा निकालेको छ ।

यस हारसँगै शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ । नेपोली शीर्षस्थानमा अझै १७ अंकले अघि छ । दोस्रो स्थानमा उक्लिएको लाजियोको ४८ अंक छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *