क्रान्तियोद्धा रामप्रसाद राईको स्मृतिमा म्याराथुन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । २००७ सालका क्रान्तियोद्धा रामप्रसाद राईको स्मृतिमा जिल्लाको रामप्रसाद राई गाउँपालिकामा दोश्रो म्याराथुन दौड प्रतियोगिता संचालन गरिएको छ ।

रामप्रसाद राई स्मृति पार्क बासिखोराबाट सुरु दौड प्रतियोगिता गाउँपालिकाको केन्द्र बैकुण्ठेमा पुगेर समापन भएको थियो । खेलकुद बिकास समिति, रामप्रसाद राई गाउँपालिकाको आयोजनामा बिहिवार भएको दोश्रो स्मृति महिला तथा पुरुष म्याराथुन प्रतियोगितामा पुरुष तर्फ आमचोक गाउँपालिकाका उमेश राई प्रथम, बासिखोराका दिवस राई दोश्रो, प्रशान्त राई तेश्रो भएका छन ।

ADVERTISEMENT

यस्तै, महिला तर्फ बासिखोराका जुलिन राई प्रथम, जुही राई दोश्रो र असारमाया राई तेश्रो भएको खेलकुद बिकास समिति, रामप्रसाद राई गाउँपालिकाका संयोजक जोगेन्द्र राईले जानकारी दिनुभयाे ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने धावक धाविकाले क्रमश नगद १५ हजार, १२ हजार, नौ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । प्रतियोगिताले क्रान्तियोद्धा रामप्रसाद राईको सम्झनाका साथै स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलुकद भन्ने नारालाई पनि सार्थक बनाउन मद्धत पुर्याएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *