‘ए’ डिभिजन लिगमा नवप्रवेशी टिम खुमलटार विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् सुरुवात गरेको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गर्नुभएको थियो । उहाँले ८९औं मिनेटमा आएर गोल गर्नुभएको थियो । खेलको १८औं मिनेटमा श्यामबाबु क्यापछाकीको क्रसमा फ्रेण्ड्सका उत्तम राईले पोष्ट नजिकबाट बाहिर प्रहार गर्नुभयोे । खेलको ७२औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोष्ट बारमा लागेर फर्किएको थियो ।

७५औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्सभित्रको हेडर फ्रेण्ड्सका गोलकिपर राजाबाबु थापाले बचाउनुभएको थियो । ८०औं मिनेटमा फ्रेण्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोष्ट नजिकबाट बाहिरिएको थियो । जितसँगै खुमलटारले पहिलो खेलमा तीन अंक जोडेको छ ।

ADVERTISEMENT

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले तीन लाख पाउनेछन् ।

मोष्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?