आत्मघाती गोलले म्याड्रिडमाथि बार्सिलोनाको जीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् ।

ADVERTISEMENT

त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?