भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोडने अरुण नदीको सतिघाटमा संचालित फेरी बिहिवारबाट बन्द हुने भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी संचालन बन्द गरिएको हो ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्वर छ र खाँदबारी नगरपालिका वडा नम्वर नौ सतिघाट स्थित अरुण नदीको फेरी पुन सञ्चालनमा आएको हो । षडानन्द नगरपालिकाले सुचना जारी गर्दे अर्को सुचना जारी नहुञ्जेलसम्म फेरी संचालन नहुने जनाएको हो । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।
संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता