बागलुङमा कोदालो प्रहारबाट श्रीमतीको हत्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । श्रीमतीलाई कोदालोले टाउकोमा हानेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी नगरपालिका–२ बनौका ४५ वर्षीय केशव नेपालीलाई फागुन १८ गते पक्राउ गरेको छ ।

बिहीबार विहान घर नजिकै बारीमा आलु खन्न गएकी पत्नी ३५ वर्षीय राधा नेपालीलाई केशवले घरायासी विवादको क्रममा कोदालोले टाउकोमा प्रहार गरेका थिए ।

ADVERTISEMENT

उनको प्रहारबाट घाइते भएकी राधालाई स्थानीयले उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याएका थिए । अस्पतालले दिउँसो १ः३५ बजे राधालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

केशवलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । मृतक राधाको धौलागिरी अस्पताल बागलुङमा पोष्टमार्टम पछि फागुन १९ गते आफ्न्तलाई शव बुझाइने थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *