ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बैतडी। बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो ।

बुधबार बेलुका ड्युटीमा खटिएको बेला एक्कासी ढल्नुभएका चौधरीलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो । तर, उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ADVERTISEMENT

कैलालीका बासिन्दा चौधरीको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?