काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ ।
यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
नेपाल र यूएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो ।
आजबाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पनि जोडिने भएका छन ।
नाबालिग बलात्कारको मुद्धामा विदेश जान उनीमाथि लगाईएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि बुधबार मात्रै युईए गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने खेलमा आबद्ध हुनेछन् ।
सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा बिगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।
घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।
नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।
यस खेलमा विजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्वका साथ हेरेको छ ।
नेपाली टोली
रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts