सीताको वरीयता यथावत्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरको टी-ट्वान्टी अन्तराष्ट्रिय ब्याटिङतर्फको वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ६८औँ स्थानमा कायमै रहनुभएको छ ।

बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत् रहनुभएको छ । नयाँ वरीयता अनुसार कविता ९६औँ स्थानमा कायमै रहनुभएको छ । बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्याण्डकी सोफी एक्लेस्टोन रहनुभएको छ ।

ADVERTISEMENT

ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्ष स्थानमा रहनुभएको छ । महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाल १७औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *