पोखरा । भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटक मृत्यु भएको छ ।
मनाङको नासो गाउँपालिका– २ अवस्थित खोत्रो भिरबाट लडेर घाइते हुनुभएका चिनियाँ पर्यटक झाङ जीको उपचारको क्रममा मृत्यु भएको हो ।
गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीका अनुसार मर्स्याङ्दी नदी किनारको गोरेटो बाटोमा अवस्थित जी खोत्रो भीर नजिकवाट २ सय मिटर तल खस्नुभएको थियो । सो घटनाको खबर पाउने बितिक्कै गएका नेपाल प्रहरीले स्थानीय नागरिकको सहयोगमा उद्दार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उहाँलाई थप उपचारका लागि लमजुङको बेसिशहर ल्याए्पनि उपचारको क्रममा उहाँको बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता