बक्सिङको राष्ट्रिय निर्णायक कोर्स सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्स सुरु भएको छ । देशभरिका छब्बिस जिल्लाका ४५ जना पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरू सहभागी रहेको साताव्यापी निर्णायक कोर्स सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले कोर्सको उद्घाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औँल्याउँदै खेलाडीहरू तथा प्राविधिकहरूको स्तरवृद्धिका लागि यस्ता प्रशिक्षणहरू निरन्तररूपमा आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस कोर्सबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागी भएको हेर्ने चाहना व्यक्त गर्नुभएको थियो ।

उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सञ्चालन गर्नुहुनेछ भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आइवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहनुभएको छ ।

ADVERTISEMENT

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीको सञ्चालन तथा संघका अध्यक्ष राम अवालेको सभापतित्वमा भएको उक्त प्रशिक्षणमा संघका महासचिव सविन भट्टाचार्यले अनुशासित भएर संघले प्रदान गरेको यस अवसरलाई ग्रहण गर्न अनुरोध गर्दैै प्रमुख अतिथिलगायत उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । संघका अध्यक्ष राम अवालेले उद्घाटन सत्रको समापन गर्दै संघले यस खेलको विकासमा निरन्तर कटिबद्ध रहँदै आएको तथा एकजुट भएर अघि बढ्दै अझ बढी सफलता हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले संघको उक्त कार्यको प्रशंसा गर्नुभयो । उक्त कार्यक्रममा राखेप बोर्ड सदस्य अञ्जन धमला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, केन्द्रीय उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य श्यामकाजी अवालेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *