फ्रान्सको लगातार दोस्रो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विश्वकप उपविजेता फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

घरेलु टोली आयरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको फ्रान्सका लागि डिफेन्डर बेन्जामिन पाभार्डले गोल गरेका थिए ।

एभिभा स्टेडियम डब्लिनमा सोमबार राति भएको खेलमा फ्रान्सको जितमा डिफेन्डर पाभार्डले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । उनले दोस्रो हाफको ५०औं मिनेटमा गोल गरेका हुन ।

ADVERTISEMENT

अघिल्लो खेलमा नेदरल्यान्ड्समाथि ४–० को सहज जित निकालेको फ्रान्सले आयरल्यान्डविरुद्ध भने निकै नै सकसपूर्ण रुपमा जीत हासिल गरेको हो ।

यस जितसँगै समूह ‘बि मा रहेको फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ भने फ्रान्ससँग पहिलो खेल खेलेको आयरल्यान्डले अंकको खाता अझै खोल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *