सर्‍यो सन्दीपको सुनुवाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सदस्य सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सरेको छ । जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोके पनि अन्तिम समयमा सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएपछि उक्त सुनुवाइ सरेको हो ।

सन्दीपविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा फैसलाका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो । यसअघि न्यायाधीश घिमिरेकै आदेशमा सन्दीपलाई थुनामा पठाइएको थियो ।

ADVERTISEMENT

गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । घिमिरेले गरेको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतबाट बदर भएको थियो । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ९९ दिनमा सन्दीप थुनामुक्त हुनुभएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले उहाँलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता राष्ट्रिय टोलीबाट उहाँले उच्च प्रदर्शन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?