पाल्पामा खानेपानीको पाइप बनाउन गएका ७० वर्षीय वृद्ध मृत फेला

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा खानेपानीको पाइप बनाउन गएका ७० वर्षीय एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । यहाँका रैनादेवी छहरा गाउँपालिका-८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला पर्नुभएको हो ।

आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

उहाँलाई मृत अवस्थामा देखेपछि आफ्न्तले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी बल्डेङगढी र जिल्लाबाट गएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको प्रारम्भीक अनुुसन्धान गर्दा माथिबाट ढुुंगा खसी रेश्मीलाई लागी मृत्युु भएको हुुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको शवलाई पोष्टमार्टको लागि प्रादेशीक अस्पताल बुटवल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज