हेटौंडा। मकवानपुरको राक्सिराङ ३ सिमलडाँडा जंगलमा कुलो खन्न गएका एक व्यक्तिलाई रुखको हाँगाे खसेर लाग्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा राक्सिराङ-५ ठाडे गाउँका करिब ५० वर्षीय महादेव प्रजा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार आज आइतबार बिहान करिब ११ बजेको समयमा राक्सिराङ-३ सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि सो ठाउँका करिब १० जनाको समूह जंगलमा गएका थिए ।
कुलो खन्ने क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा प्रजालाई लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts