युरो-२०२४ छनोटमा इंग्ल्याण्डको दोस्रो जीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ।

युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो ।

वेम्बलीमा आइतबार राति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो ।

ADVERTISEMENT

खेलको पहिलो हाफको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

यता लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *