कराँते महासंघको नेतृत्वमा लामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव एवं कराँतेका संस्थापकमध्येका एक युवराज लामालाई नेपाल कराँते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको हो ।

राखेपले गत माघ १२ गते तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारणसभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराँते महासंघ, तदर्थ समिति गठन गरेको थियो । लामाअघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते तीन महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचनसमेत गर्न नसकेपछि राखेपले कराँतेका पूर्वखेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको हो ।

त्यसबेला लामाले अध्यक्षको पत्र ग्रहण गरेपछि राखेपले दिएको समयसीमाभित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहनुभएको छ । दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो ।

ADVERTISEMENT

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजू, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन हुनुभयो । महासंघको आइतबारै बसेको बैठकले दुई सदस्य र पाँच सल्लाहकार मनोनयन गरेको छ । कमला राना र सञ्जयकुमार राई सदस्यमा मनोनीत हुनुभयो । दिपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरेको राखेपअन्तर्गत कानुन शाखाका प्रमुख एवं निर्वाचन अधिकृत नारायणराज अर्यालले जनाउनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियोका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?