पाल्पाको सडक प्रयोग गरेर लागुऔषध ओसार पसार

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको सडक प्रयोग गरी लागुऔषध ओसार पसार गर्ने गरेको पाइन्छ । गुल्मी, बागलुुङ्ग, अर्घाखाँचीबाट लागुऔषध ओसार पसार गर्नेहरुले बुुटवल, पोखराका लागि पाल्पामा पर्ने सिद्धार्थ राजमार्ग र तानसेन–रिडीको बाटो बढी प्रयोग गर्ने गरेको पाइन्छ । पटक पटकका घटनाहरुले पनि लागुऔषध ओसार पसार गर्नेहरुका लागि यो बाटो सहज भएको अनुमान गर्न सकिन्छ ।

शुक्रबार साँझा पनि लागुऔषधसहित पाल्पाबाटै दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी (नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दोभान प्रहरी चौकीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजगमार्गबाट लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीले बुटवलदेखि पोखरा जाँदै गरेको ग ३ च ५९०१ नम्बरको कारलाई शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा लागु औषध सहित ती युवाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट नुफिन ५० एम्बुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी १ सय ५० एम्बुल लागु औषध प्रकाउ गरेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जना र कारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

ADVERTISEMENT

यस्तै गत असारमा पनि जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगाना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई लागु औषध सहित पक्राउ गरेको थियो । उनले पनि यही बाटो प्रयोग गरेका थिए । शंका लागेर प्रहरीले रोक्काको शरीरबाट खानतलासी गर्ने क्रममा ३ एम्पुल डाइजोपाम, ४ एम्पुल फेनारगन, ४ एम्पुल डाईजेपाम गरी ११ एम्पुल लागु औषध नियन्त्रणमा लिएको थियो । तर उनी पछि तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा मृत भेटिएका थिए ।

पछिल्लो समय सिद्धार्थ राजमार्ग प्रयोग गरी लागुऔषध ओसार पसार गर्नेहरु बढेका छन् । गुल्मी, बागलुुङ्ग, अर्घाखाँचीबाट बुुटवल, पोखराका लागि सिद्धार्थ राजमार्गको बाटो प्रयोग गरी लागुऔषध ओसार पसार गरेको भेटिन्छ । बेला बेलामा प्रहरीले उनीलाई पक्राउ गरे पनि यो क्रम रोकिएको भने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *