काठमाडौं । घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।
तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज २-१ ले जितेको हो ।
चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ४८ रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि विराट कोहलीले ७२ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । हार्दिक पान्ड्या ४० रनमा आउट हुँदा शुभमन गिलले ३७ रन बनाए ।
केएल राहुलले ३२ रन बनाउँदा कप्तान रोहित शर्माले ३० रन बनाए ।
पाहुना टोलीका लागि एडम जाम्पाले ४ तथा एस्टन अगरले २ विकेट लिए । सेन एबट र मार्कुस स्टोईनसले समान १/१ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले ४९ ओभरमा अलआउट हुँदै २ सय ६९ रन बनायो ।
पाहुना टोलीका लागि ओपनर मिचेल मार्शले ४७ बलमा ४७ तथा एलेक्स क्यारीले ३८ रन बनाए ।
ओपनर ट्राभिस हेडले ३३ रन बनाउँदा मार्नुस लाबुस्चानेले २८ रन बनाए । सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५ रन बनाए ।
आजको खेलमा ४ नम्बरमा ब्याटिङ गरेका डेविड वार्नर २३ तथा एस्टन अगर १७ रनमा आउट भए ।
घरेलु टोलीका लागि हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३/३ तथा अक्षर पटेल र मोहम्मद सिराजले समान २/२ विकेट लिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा