आर्सनललाई ८ अंकको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेको थियो, त्यसमाथी ४३औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो ।

ADVERTISEMENT

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढयो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउदै खेललाई ३–१ को स्थिति बनाए ।

तर, ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ । आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?