कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धादिङ। कुटपिट गरी हत्या गरेको आरोपमा धादिङबाट एक जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

ADVERTISEMENT

बानियाले १० फागुनमा कुटपिट गर्दा गम्भीर घाइते हुनुभएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?